४ बैशाख २०८१, मंगलवार
Follow Us

दिलिप र ऐश्वर्याले बाँडे आधा आधा माया(भिडियोसहित)

sarusaru
४ श्रावण २०७७, आईतवार १०:१३

काठमाण्डौ श्रीकृष्णको चरित्रदेखि प्रभावित भएर गीतकार प्रल्हाद सुवेदीले आधा माया गीत सिर्जना गरेका छन् । विक्रम परियार र सुनिता बुढा क्षेत्रीको स्वरमा सजिएको उक्त गीतमा भगवान् श्रीकृष्णले गोपिनीको लुगा लुकाइदिएको रोचक प्रसंग देखाउन खोजिएको छ । नायक दीलिप रायमाझी र ऐश्वर्या सुनुवारको अभिनय रहेको गीतको म्युजिक एरेन्ज कृष्ण बि.क.ले गरेका हुन् । बिहीबार श्रोता संगीतको युटुव च्यानलमार्फत सार्वजनिक भएको उक्त गीतमा संगीत वसन्त थापाले भरेका छन् भने निर्देशन सुनिल क्षेत्रीले गरेका हुन् । नवराज उप्रेतिले छायांकन गरेको उक्त भिडियो सम्पादन अमृत चापागाईँले गरेका हुन् ।
हेर्नुहोस् भिडियो