१२ बैशाख २०८१, बुधबार
Follow Us

पोर्तुगलमा पर्वतका रमेशबहादुर रेग्मीको असामयिक निधन

नेपालब्रिटेन डट कम्
५ श्रावण २०७७, सोमबार ०९:०६

लिस्बन । पर्वत जिल्ला घर भइ विगत ५ बर्षदेखि पोर्तुगलको अलेन्तेजु स्थित लुम्गेईरा अल्मोग्राभ बस्दै आएका रमेशबहादुर रेग्मीको आज (१९ जुलाई २०२०) विहान अकस्मात असमायिक दु:खद निधन भएको छ ।

४३ बर्षिय रेग्मी हिजोसम्म काम गर्दै रहेका थिए । तर आज बिहान उनको अचानक निधनको खबरले पोर्तुगलवासी सम्पूर्ण गैर आवासीय नेपालीहरु स्तब्ध र मर्माहत भएका छन् ।

रेग्मीमा श्रीमती, एक छोरा (१२ बर्ष ) र एक छोरी (७ बर्ष) पोखरामा रहेको पारिवारिक श्रोतले जनाएको छ । उनीहरू पोर्तुगल आउने तयारीमा रहेका तर कोरोनाका कारण लकडाउनले अड्किरहेका थिए ।

आजै एनआरएनए पोर्तुगलका अध्यक्ष तिलक गैरे मृतकको शव राखेको हस्पिटल पुगी सम्पुर्ण जानकारी र विवरण लिइ आवश्यक सहयोग पुर्याउन जुटेको खबर प्राप्त भएको छ ।

पोर्तुगलमा नेपालीहरुको असामयिक निधन हुने क्रम दिन प्रतिदिन बढ्दा समुदायमा चिन्ता छाएको छ ।