७ बैशाख २०८१, शुक्रबार
Follow Us

संसार फेर्ने गीत लिएर आईन प्रियंका

नेपालब्रिटेन संवाददाता
९ श्रावण २०७७, शुक्रबार ०३:५०

काठमाडौं । गायिका रानी शाक्यले ‘संसार फेर्ने’ बोलको सामाजिक संदेश बोकेको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन्। सकारात्मक सोच, जीवन दर्शन र जीवन जिउने प्रेरणा दिने संदेश गीतमा व्यक्त गरिएको छ। संसारलाई बदल्न सुरुवात आफै बाट गर्नु पर्छ। समय सधै एकनासको हुदैन । र आफुले चाहेको जस्तो पनि हुदैन । हरेक कुराको निश्चित अवधि हुन्छ । सङ्घर्ष नै जिन्दगी हो , बाँचुन्जेल सङ्घर्ष गर , समस्या अस्थायी हुन्छ , दुख सत्य हो , दिन पछि रात हुन्छ , रात पछि दिन हुन्छ। हिम्मत नहार , मैदान नछोड जस्ता जीवन उपयोगी प्रेरणादायी कुराहरु गीतमा समेटिएको छ।

यस गीतमा स्वर रानी शाक्यको रहेको छ भने निरन्तर गायिका शाक्यसंग सहकार्य गर्दै आएका गीतकार अरुण तिवारीले गीतका शब्द लेखेका हुन्। गीतमा संगीत चर्चित संगीतकार दिपक शर्माको रहेको छ। यस गीतलाई पुरुषोत्तम न्यौपानेले संगीत संयोजन गरेका हुन्।

जीवन शाहीको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा मुख्य भूमिकामा चर्चित नायिका प्रियंका कार्की फिचर्ड छिन् भने राजु गिरी, रश्मी श्रेष्ठ र इन्द्र दोङ्ग लामा सहायक भूमिकामा देखिएका छन्। उत्सव दहालले छायांकन गरेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन्।

गायिका शाक्यको अफ़िसिएल च्यानल रानी शाक्य मार्फत भिडियो सार्वजनिक भएको छ। सामाजिक सद्भाव कायम गर्दै सकारात्मक सोचका अघि बढ्न गायिका शाक्यले सम्पूर्ण नेपालीमा अनुरोध गरेकी छिन्। साथै यस म्युजिक भिडियोलाई माया गरिदिन गायिका शाक्यले सबै दर्शक , सोर्ता र मिडिया हाउसलाई आग्रह गरेकी छिन्।