४ बैशाख २०८१, मंगलवार
Follow Us

प्रकाश सपुत र केकि अधिकारीको “बदला बरिलै” सार्वजनिक (भिडियो)

नेपालब्रिटेन डट कम्
१६ श्रावण २०७७, शुक्रबार १९:३०

चर्चित गायक प्रकाश सपुतले नयाँ लोक गीत ‘बदला बरिलै’ आज मात्र बजारमा ल्याएका छन । चर्चित गायक देभी घर्तीको स्वरमा सजिएको गीत अहिले निकै राम्रो सुनिएकोछ । गीतको शब्द र संगित दुवै प्रकाश सपुतको हो ।

देभी घर्तीको सुरिलो आवाज निकै नै कणप्रीय रहेकोछ र उक्त गितको भिडियो पनी धेरै राम्रो सुटिङ गरिएको छ । प्रकाश सपुतले सम्पुर्ण रुपमा यस गितको भिडिओको मार्फत हाम्रो समाजमा महिला हरु माथि भ ईरहेको शारिरिक शोषण, बलात्कार र हत्या जस्ता घटना हरुलैइ चित्रण गरेका छन। समग्र रुपमा गित निकै नै सामाजिक संदेश बोकेको गित बनेको छ।

गितको भिडियोमा केकी अधिकारी, ध्रुब कोइराला, हिउवाला गौतम, अर्जुन आचार्य, भद्र कुन्वर, सन्ध्या गौतम बराल लाई फिचर्ड गरिएको छ।

म्युजिक भिडियोको छायांकन अनिल के मानन्धरले गरेका छन । निर्देशन आफै प्रकाश सपुतले गरेका छन् भने प्रबिन भट्टले सम्पादनको पाटो सम्हालेका छन् । साथै क्रियटिभ निर्देशक को पाटो देभेन्द्र बब्लु ले सम्हालेका छन ।