१५ चैत्र २०८०, बिहीबार
Follow Us

नितिन गजुरेलको ‘अनुपम रंग’

नेपालब्रिटेन संवाददाता
१८ श्रावण २०७७, आईतवार ०३:५१

काठमाडौं । कोरना कहर बीच नेपाली संगीतप्रेमीलाई मनोरंजन प्रदान गर्न गायक नितिन गजुरेलले ‘अनुपम रंग’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

लभ रोमाण्टिक भर्सनको यस गीतमा गायक गजुरेलको मिठासपुर्ण गायकी सुन्न सकिन्छ। गीतका शब्द नीरभिमले लेखेका हुन् भने सुदाम थापाले गीतलाई संगीतवद्द गरेका हुन्। चन्द सिंहले गीतलाई संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा कमल सिंह र सुशिला थापालाई रोमाण्टिक मुडमा देख्न सकिन्छ। बुद्ध थापाले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्। सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोलाई रायन कार्कीको निर्देशनमा तयार पारिएको हो।

लामो समयदेखि गीत संगीतमा क्रियाशील गायक गजुरेलले यसअघि ‘दिलके डायरी’ , ‘आँखाले हेर्यौ’, ‘झुक्याएरै किन होला’, ‘आकाशका तारा’ लगायत दर्जनौ गीतहरु सार्वजनिक गरिसकेका छन्। यस भिडियोलाई माया गरिदिन गायक गजुरेलले सम्पूर्ण दर्शक , स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन्।