१४ बैशाख २०८१, शुक्रबार
Follow Us

रोनाल्डो फिफा वर्ष खेलाडी

नेपालब्रिटेन डट कम्
२८ मंसिर २०७३, मंगलवार ०२:३९

लन्डन । पोर्चुगलका फुटबल खेलाडी क्रिश्चियानो रोनाल्डोले यस वर्षको बलुन डे ओर उपाधि जितेका छन् । फिफा वर्ष खेलाडी समेत भनिने यो उपाधि जित्न रोनाल्डोले स्पेनिस फुटबल क्लव बार्सिलोनाका लियोनल मेस्सीलाई पछि पारेका हुन् ।

स्पेनिस क्लब रियाल मड्रिडबाट व्यावसायीक फुटबल खेल्दै आएका रोनाल्डोले आफ्नो राष्ट्र पोर्चुगललाई युरो कप विजेता बनाउन महत्वपूर्ण प्रदर्शन गरेका थिए ।

यो समेत रोनाल्डोले चार पटक बलुन डे ओर उपाधि हात पारेका छन् । अर्जेन्टाईनी फुटबल स्टार मेस्सीले भने ५ पटक यो अवार्ड जितिसकेका छन् । फिफा वर्ष खेलाडीमा सन् २००८ यता यीनै दुई खेलाडीले बर्चश्व जमाएका छन् ।

उता बेलायती संस्था बीबीसीले प्रदान गर्ने अफ्रिकन वर्ष खेलाडीको उपाधि अल्जेरियाका रियाद माहारेजले जितेका छन् । इङ्लिस फुटबल क्लव लेष्टर सिटीलाई अघिल्लो वर्ष प्रिमियर लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका माहारेज पहिलो पटक बीबीसी अफ्रिकन वर्ष खेलाडी घोषित भएका हुन् ।