६ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायतले भन्यो ‘नेपालमा कोरोनाको जोखिम उच्च’

नेपालब्रिटेन डट कम्
२८ श्रावण २०७७, बुधबार १८:५९

लण्डन। बेलायतले नेपालमा कोरोनाको जोखिम रहेको भन्दै आफ्ना नागरिकहरुलाई सचेत गराएको छ । बुधबार बेलायतको विदेशमन्त्रालयले नेपाल भ्रमणका लागि आफ्ना नागरिकहरुलाई एडभाइजरी जारी गर्दै लामखुट्टेदेखि आतंकवादी आक्रमणकोसमेत चिन्ता रहेको जनाएको छ। उसले नेपालमा भ्रमण गर्दा आफ्ना नागरिकलाई एक्लै नहिँड्न समेत सुझाव दिएको छ ।

नयाँ एडभाइजरीमा सेप्टेम्बर १ सम्म नेपालमा कमर्शिएल अन्तर्राष्ट्रिय उडान नहुने समेत जानकारी दिएको छ ।

नेपालमा सेप्टेम्बर १६ सम्म अन्तर्राष्ट्रिय सीमा पनि बन्द गरिएको बताएको छ।

२०१९ मा करिब ५० हजार बेलायती नागरिकले नेपाल भ्रमण गरेको बेलायतले जनाएको छ।

नेपालसँधै भूकम्पको जोखिममा रहेकोसमेत मन्त्रालयले उल्लेख गरेको छ ।