६ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायतको कोरोनाबाट मृत्यु हुनेको तथ्याँकनै गलत, ५ हजार घटे

नेपालब्रिटेन डट कम्
२८ श्रावण २०७७, बुधबार १९:२६

लण्डन । बेलायत सरकारले कोरोना भाइरसका कारण मृत्यु हुनेहरुको संख्या गलत भएको भन्दै समीक्षा गरेको छ ।

कोरोना भाइरसबाट मुत्यु हुनेको तथ्याँक सच्याउदै सरकारले ५ हजार भन्दा बढीको संख्यालाई घटाएर ४१ हजार ३ सय २९ जना पुगेको सरकारले बुधवार घोषणा गरेको हो ।

विश्व स्वास्थ्य संगठनले परिभाषामा छुट्टै व्याख्या गर्दे सरकारले नयाँ तथ्यांक सार्वजनिक गरेको हो ।

यसअघि जुनसुकै कारणले मृत्यु भए पनि मृत्यु पछि कोरोना संक्रमण देखिए त्यसलाई समेत तथ्यांकहरूमा गणना गरिन्थ्यो।

मृत्यु गणनाको नयाँ विधि अवलम्वन गरे पछि कोभिड १९ बाट बेलायतमा निधन हुनेहरुको संख्या १२ प्रतिशत अर्थात ४६ हजार ७ सय ६ बाट घटेर ४१ हजार ३ सय २९ जना कायम भएको हो ।