८ बैशाख २०८१, शनिबार
Follow Us

थ्री स्टारले माग्यो एन्फासँग ६ करोड

नेपालब्रिटेन डट कम्
२८ मंसिर २०७३, मंगलवार १४:१२

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) सँग थ्री स्टार क्लबले क्षतिपूर्तिस्वरुप ६ करोड माग गरेको छ । नेपाली फुटबलमा सर्वाधिक लोकप्रिय क्लब थ्री स्टारले फुटबल प्रतियोगिता एएफसी कप २०१६ को छनोट प्ले–अफ खेल्नबाट वञ्चित भएपछि थ्री स्टारले मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै एन्फासँग ६ करोड क्षतिपूर्ती माग गरेको हो ।
थ्रीस्टारले यो मामिला टुंगो नलागेसम्म फुटबलसम्ब्न्धी कुनै गतिविधिमा भाग नलिने घोषणा गरेको छ ।
थ्री स्टारले एन्फाको छानविन समितिलाई अस्वीकार गरेको छ र राष्ट्रिय खेलकुद परिषद्, ओलम्पिक कमिटी र खेलकुद मन्त्रालयलाई छानविन गर्न आग्रह गरेको छ । एन्फाले उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।