४ बैशाख २०८१, मंगलवार
Follow Us

साथीको छोरीलाई यौन दुर्व्यवहार गर्ने राईलाई साढे दुई वर्ष जेल सजाय

नेपालब्रिटेन डट कम्
१ भाद्र २०७७, सोमबार १८:४९

लण्डन । बेलायतको एक अदालतले आफ्नै साथीको छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक नेपालीलाई साढे दुई वर्ष जेल सजाय सुनाएको छ ।

वेलायती सेनामा कार्यरत ४४ वर्षिय विनोद राईलाई गत शुक्रवार ब्रिस्टल क्राउन कोटले सो सजाय सुनाएको हो ।

राईले गत वर्ष स्थानिय रेलवे स्टेनशबाट १३ वर्षिया वालिकालाई आफ्नो कारमा उठाएर उनी माथि केटीको यौन दुर्व्यवहारगरेका थिए । उनले ती केटीको परिवारको अनुमति बिना कारमा लिफ्ट दिएका थिए ।

स्थानिय विल्डशार टाइम्सका अनुसार राई ती वालिकाको छाती छुने, काउकुति लगाउने र उसको खुट्टाको बीचमा हात राख्ने प्रयास गरेको थियो ।

बेलायती सेनामा कार्यरत राईले ती आरोपहरुलाई अदालत समक्ष अस्वीकार गरेका थिए । अदालतको फैसना पछि उनलको जागीर गुम्ने, सुविधा बापत पाएको गाँसबास र बेलायतमा रहन पाउने अधिकारसम्म गुम्न सक्ने बताएको छ ।