लण्डन। राष्ट्रकवि माधव घिमिरेको निधनमा गहिरो दुःख ब्यक्त गर्दै प्राध्यापक डाक्टर सूर्य प्रसाद सुवेदी (ओबीइ,क्युसी) ले एक शोक सन्देश मार्फत राष्ट्रकविको निधनले राष्ट्रलाई एक अपुरणीय क्षति भएको बताएका छन्।
राष्ट्रकवि माधव घिमिरेजस्तो व्यक्ति राष्ट्रले एक युगमा एउटा दुइटा मात्र जन्माउने हो भन्दै प्राध्यापक सुवेदीले समस्त राष्ट्रलाई र राष्ट्रकविका परिवार लाई समबेदना ब्यक्त गरेका छन् ।
लम्जुङ्ग जिल्लाको एकै सेरोफेरोबाट आएका राष्ट्रकवि घिमिरे र प्राध्यापक सुवेदीको पारिवारिक नाता पनि छन्।
राष्ट्रकवि घिमिरेले आफ्नो प्रारम्भिक शिक्षा हाम्रा हजुरबुबा पण्डित बद्रीनाथबाट लिनु भएको र मेरा पिताजी पण्डित होमनाथ उहाँको बालसखा भएकोले पनि आफ्नो राष्ट्रकवि प्रति गहिरो सम्मान रहेको प्राध्यापक सुवेदीले बताएका छन।
प्राध्यापक सुबेदीले राष्ट्रकविको निधनमा उनको आत्माको चीर शान्तिको लागि कामना गरेका छन ।
प्रतिक्रिया