१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘कोभिड १९’ बारे कांग्रेसले युरोपस्थित कार्यकर्तासंग छलफल गर्दै

नेपालब्रिटेन डट कम्
३ भाद्र २०७७, बुधबार २३:१०

लण्डन । कोभिड १९ को प्रभावको बारेमा नेपाली कांग्रेसले युरोपस्थित आफ्ना कार्यकर्ताहरुसंग छलफल गर्ने भएको छ ।

नेपाली जनसम्पर्क समिति युरोप संयोजक दिल गुरुङ्गका अनुसार पार्टीले विहिवार (आज) दिउँसो नेपाली समय साँझ ६ बजे सो कार्यक्रमको आयोजना गर्न लागेको हो ।

कार्यक्रमलाई नेपाली कांग्रेसका सहमहामन्त्री तथा ‘कोभिड १९’ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले सम्वोधन गर्ने छन् ।

कार्यक्रममा युरोपस्थित जनसम्पर्क समितिका सभापति, पूर्वसभापति, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधीहरु लगायत कांग्रेसका सकृय कार्यकर्ताहरुलाई आमन्त्रण गरिएको जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ्गले जानकारी दिए ।

सो छलफल कार्यक्रमलाई कांग्रेस नेताहरु एनपी साउद, गोविन्द भट्टराई र डा. चन्द्र भण्डारीले सम्वोधन गर्ने छन् ।

जुम मार्फत आयोजना हुने कार्यक्रममा सहभागि हुनको लागि आवश्यक पर्ने लिंक फेसबुक ग्रुप मार्फत सबैलाई उपलब्ध गराइने नेपाली जनसम्पर्क समिति युरोपका महामन्त्री गंगाधर गौतमले जनाए ।

यसअघि ‘कोभिड १९’ को प्रभाव सुरु भए देखि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले विदेशस्थित नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई सम्वोधन गरेका थिए ।