१२ बैशाख २०८१, बुधबार
Follow Us

म्यानचेस्टर युनाइटेडका कप्तान ह्यारी मग्वायर ग्रिकमा पक्राउ

नेपालब्रिटेन डट कम्
५ भाद्र २०७७, शुक्रबार ११:०४

लण्डन । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका कप्तान ह्यारी मग्वायर ग्रिक आइल्यान्डको माइकोनोसमा पक्राउ परेको ब्रिटिस सञ्चार माध्यमहरूले जनाएका छन्।

आफ्नी प्रेमीकासँग छुट्टी मनाउन ग्रिसको माइकोनोस गएका ह्यारीलाई प्रहरीमाथि आक्रमण गरेको अभियोगमा पक्राउ गरिएको जनाइएको छ।

बार बाहिर भएको झगडाका क्रममा उनले प्रहरीमाथि आक्रमण गरेको बताइएको छ।

२७ वर्षीय सेन्टर हाफ ह्यारीले अर्का ब्रिटिस पर्यटकसँग झगडा गरिरहेको बेला प्रहरीले हस्तक्षेप गरेको थियो। झगडामा तीन जना ब्रिटिस नागरिक संलग्न भएको बताइएको छ। पछि तीनै जना पक्राउ परेका थिए।

घटनाबारे म्यानचेस्टर युनाइटेडले प्रेस विज्ञप्ती निकालेको छ।

‘गए राति माइकोनोसमा ह्यारी मग्वायर संलग्न भएको भनिएको घटनाबारे क्लब सचेत छ। ह्यारीसँग सम्पर्क भएको छ। उनले ग्रिक अधिकारीसँग सहयोगी भूमीका निर्वाह गरेका छन्। यो अवस्थामा क्लबले थप प्रतिक्रिया दिनेछैन,’ विज्ञप्तीमा भनिएको छ।