१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सरकारले गरेका भ्रष्टाचारको स्वतन्त्र छानविन गर – जनसम्पर्क समिति युरोप

नेपालब्रिटेन डट कम्
५ भाद्र २०७७, शुक्रबार १४:४६

लन्डन । नेपाली जनसम्पर्क समिति यूरोपले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सहभागी हुने वातावरण मिलाउन सभापति शेरबहादुर देउवासमक्ष माग गरेको छ । समितिका सभापति दिल गुरुङ र महामन्त्री गंगाधर गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विदेशमा रहेका लोकतन्त्रवादीहरुको भावना अनुरुप सबैलाई १४ औं महाधिवेशनमा भाग लिन पाउने वतावरण तयार गर्न पार्टी समक्ष आग्रह गर्दछौ ।’

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनलाई विदेशस्थित नेपाली कांग्रेसप्रति कटिबद्ध कार्यकर्ताहरुले निकै चासोका साथ हेरेका छन् । गत वर्ष संशोधित नेपाली कांग्रेसको विधानले १३ औं महाधिवेशनको भावनालाई कुल्चिएको हाम्रो ठहर छ ।

नेपालीको संविधानले समेत विदेशमा बस्ने नेपालीहरुको लागि गैरआवासीय नेपाली नागरिकतालाई मान्यता दिएको अवस्थालाई समेत कुल्चेर पार्टीले विदेशी नागरिकता लिएका भन्दै हजारौं कार्यकर्तालाई पार्टीको क्रियाशील सदस्यताबाट बन्चित गराउन खोजिनु उचित नभएको नेपाली जनसम्पर्क समिति युरोपको ठहर रहेकोछ ।

त्यसैले विदेशमा रहेका नेपालको संविधान र लोकतन्त्रवादीहरुको भावना अनुरुप सबैलाई १४ औं महाधिवेशनमा भाग लिन पाउने वतावरण तयार गर्न पार्टी समक्ष आग्रह गर्दछौ । साथै विदेशस्थित नेपाली जनसम्पर्क समितिको म्याद सकिएका देशहरुमा तत्काल अधिवेशनको मिति तय गरी अघि बढ्न सबै पक्षसँग आग्रह गरिन्छ ।

यस्तै, कोभिड–१९ को प्रभावका कारण विदेशमा रहेका नेपाली समुदायप्रति नेपाल सरकारले देखाएको उदासिनताप्रति नेपाली जनसम्पर्क समिति युरोपको ध्यानाकर्षण भएको छ । कोरोना भाइरसको संक्रमणपछि भएको विश्वव्यापी लकडाउनपछि नेपाल सरकारको कमजोर व्यवस्थापनको कारणले देशभित्र फैलिएको कोरोना संक्रमणप्रति नेपाली जनसम्पर्क समिति युरोप चिन्ता व्यक्त गर्दछ ।

कोरोना भाइरसको संक्रमणको रोकथामको लागि सरकारले प्रभावकारी कदम चाल्नुको सट्टा स्वास्थ्यसम्वन्धी सामग्री, चार्टड उडानलगायतमा सरकार आर्थिक चलखेलमा मुछिनु निन्दनीय हो ।

विदेशस्थित एयरलाइन्सलाई उडान अनुमति दिनु र यात्रुहरु बोकेर उड्न लागेको नेपाल एयरलाइन्सको जहाजलाई अन्तिम समयमा आएर रोकिनु सरकार काम धन्दामा लागेको प्रमाणका रुपमा लिन सकिन्छ । कोरोना संक्रमणपछि विश्वका अधिकांश देशले आफ्ना देशका उडानलाई व्यवस्थापन गरेका छन् तर नेपाल सरकार नियमिति उडान सञ्चालन गर्नुको सट्टा अझै चार्टड उडानको नाममा आर्थिक चलखेलमा संलग्न भएको प्रष्टै छ ।

त्यसैले चार्टड उडान र स्वास्थ्यसम्बन्धी सामग्री खरिद प्रकरणमा तत्काल स्वतन्त्र छानविनको लागि सम्वन्धित पक्षसँग आग्रह गर्दै तत्काल नियमित उडान संचालन गर्न आग्रह गरिन्छ, जारी विज्ञप्तिमा भनिएको छ ।