१४ बैशाख २०८१, शुक्रबार
Follow Us

विशेष महाअधिवेशन बोलाउने एनआरएनएको तयारी, विधान संशोधन प्रस्ताव प्रस्तुत हुने

नेपालब्रिटेन डट कम्
७ भाद्र २०७७, आईतवार २०:०९

लण्डन । कोरोना कहरका बीच संघको पुर्नरसंरचनाको प्रस्ताव अघि सारेको गैरआवासीय नेपाली संघको विषेश अधिवेशन भर्चुअल (अनलाइन) हुने भएको छ ।

संघका अध्यक्ष कुमार पन्तले कोरोनाभाइरसको विश्वप्यापी महामारीका कारण विशेष महाधिवेशन गर्न ढिलाइ भएको भन्दै अनलाइनप्रविधिमर्फत नै गर्नेगरी तयारी गरिएको बताए ।
उनका अनुसार अनलाइनमार्फत महाधिवेशन गर्ने प्रस्ताव परराष्ट्र मन्त्रालयमा पठाइएको भएपनि अनुमति पाइसकेको छैन ।

एनआरएनए नेपालमा परराष्ट्र मन्त्रालयमा दर्ता भएको छ भने उसले परराष्ट्रसँगकै समन्वयमा गतिविधि गर्दै आएको छ । विशेष महाधिवेशनमा यसअघिको विश्वसम्मेलनबाट पारित हुन नसकेको आर्थिक प्रतिवेदन समेत पारित गर्नुपर्नेछ ।

यसअघि एनआरएनएको शनिवार सम्पन्न अन्तर्राष्ट्रिय समन्वय समिति (आइसीसी) को बैठकबाट सदस्यता शुल्क, राष्ट्रिय (एनसीसी) तथा अन्तर्राष्ट्रिय परिषद् (आईसीसी) को निर्वाचन प्रक्रिया, अनलाइन मतदान, महाधिवेशन प्रतिनिधि चयन लगायतका क्षेत्रमा पुनर्संरचना गर्नेसम्वन्धी प्रस्ताव पारित गरेको थियो ।
ती प्रस्तावहरु आगामी विषेश महाधिवेशनमा प्रस्तुत हुने