१५ चैत्र २०८०, बिहीबार
Follow Us

प्रा.डा. सिम्खडा खुला विश्वविद्यालयको बोर्ड सदस्यमा नियुक्त

नेपालब्रिटेन संवाददाता
९ भाद्र २०७७, मंगलवार ०९:१०

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्राध्यापक डाक्टर पदम सिम्खडालाई नेपाल खुला विश्वविद्यालयको बोर्ड सदस्यमा नियुक्त गरेको छ । नियुक्ति सन् २०१९–२०२१ सम्मका लागि भएको अध्यक्ष कुमार पन्तले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ । गैरआवासीय नेपालीहरुको परिकल्पनामा खुला विश्वविद्यालय स्थापना भएको हो ।

विगत १२ वर्षदेखि गैरआवासीय नेपाली संघको अभियानमा प्रत्यक्ष रुपमा संलग्न रहँदै आएका प्रा. डा. सिम्खडाको नियुक्तिले शिक्षा क्षेत्रमा महत्वपूर्ण योग्दान पुग्ने अपेक्षा गरिएको पत्रमा उल्लेख छ । प्रा.डा. सिम्खडा इन्टरनेशनल एन्ड प्रोफेसर अफ ग्लोबल हेल्थ, स्कुल अफ ह्युमन एन्ड हेल्थ साइन्स हुडेर्सफिल्ड युनिर्भसिटीका एसोसिएट डिन हुन् ।