१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनमा निःशुल्क सदस्यताको विरोध गर्ने विचौलिया हुन् : जनसम्पर्क समिति वेलायत

नेपालब्रिटेन डट कम्
११ भाद्र २०७७, बिहीबार १९:२७

लण्डन । नेपाली जनसम्पर्क समिति वेलायतले गैरआवासीय नेपाली संघको अघि सारेको निःशुल्क सदस्यता वितरण सकरात्मक भएको जनाएको छ ।
समितिको तर्फबाट सभापति युवराज गुरुङ्गले बुधवार एक विज्ञप्ति जारी गर्दै निःशुल्क सदस्यता, इलोक्ट्रोनिक्स भोटिङ्ग र प्रतिनिधी दर्ता शुल्कको प्रस्तावको समर्थन गरेको हो । समितिले विगत १७ वर्षमा एनआरएनएले साधारण सदस्यहरुबाट उठाएको शुल्कको छानविन समेत गर्न आग्रह गरेको छ ।

विज्ञप्तिको पूर्णपाठ

विदेशमा रहेका नेपालीहरुलाई निःशुल्क सदस्यता वितरण गर्ने गैरआवासीय नेपाली संघ (एनआरएनए) को हालै सम्पन्न बैठकले गरेको निर्णयप्रति नेपाली जनसम्पर्क समिति वेलायतको ध्यानार्कषण भएको छ ।

८० लाख नेपालीको साँझा संस्थाको रुपमा हेरिएको गैरआवासीय नेपाली संघको स्थापनाकालको १७ वर्ष सम्म १ लाख सदस्य समेत बन्न नसक्नुको पछि संघको सदस्यता वितरणमा भएको घोटाला र चर्को शुल्क भएको हाम्रो ठहर रहेकोछ । त्यसैले संघको गत हप्ता सम्पन्न केन्द्रीय समितिको बैठकले निःशुल्क सदस्यता वितरण, इलोक्ट्रोनिक्स् मतदान, र हरेक विश्वसम्मेलनमा काठमाण्डौंमा लाग्ने दर्ता शुल्क २ सय डलर खारेजीको नेपाली जनसम्पर्क समिति वेलायत स्वागत र समर्थन गर्दछ ।
विगत १७ वर्षमा बिभिन्न देशका राष्ट्रिय समितिले सदस्यता शुल्कको नाममा सर्वसाधारणबाट संकलन गरेको करोडौं रुपैयाँमा भएको अनियमिता प्रति तत्तकाल छानविन गर्न र घोटाला गर्ने दोषी माथि कार्यवाहीको लागि सम्वन्धीत सबैमा आग्रह गरिन्छ ।

संघको नयाँ निर्णयले राष्ट्रिय समितिमा हुने निर्वाचन र सदस्यता वितरणमा हुने खर्च कारण सर्वसाधारणमाथि आर्थिकभार अन्त्य हुने समितिले विश्वास लिएको छ ।

संघको राष्ट्रिय तथा अन्तराष्ट्रिय निर्वाचनमा सदस्यता शुल्क र प्रतिनिधी दर्ता शुल्कमा चलखेल गरेर ठूलो धनराशी हात पार्न खोज्ने बिचौलियाहरु संघले हालै गरेको निर्णयको बिरुद्धमा रहेकोप्रति सजग रहदै विश्वभर संचालनमा रुपमा फैलिएका नेपाली जनसम्पर्क समितिहरु एक भएर त्यस्ता विचौलियाका बिरुद्ध एक जुट हुदैं गैरआवासीय नेपाली संघको आगामी निर्वाचनमा सर्वसाधारणको लागि निस्पक्ष निर्वाचनको वातावरण बनाउन हार्दिक अनुरोध गरिन्छ ।

साथै गैरआवासीय नेपाली संघ सबैको साँझसंस्था भएकोले यो संस्थालाई कुनै पनि राजनीतिक दलको सिन्डिकेटमा परिचालन नगर्न समेत वर्तमान कार्यसमितिलाई आग्रह गरिन्छ ।

युवराज गुरुङ्ग
सभापति, नेपाली जनसम्पर्क समिति बेलायत
२६ अगष्ट २०२०