१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सगुनमा लगानी गर्ने अवसर ३० सेप्टेम्वर सम्म मात्र

नेपालब्रिटेन डट कम्
१२ भाद्र २०७७, शुक्रबार १९:०३

लण्डन । गैरआवासीय नेपालीहरुको सकृयतामा स्थापना भएको सामाजिक इकमर्स कम्पनी (www.sagoon.com) सगुनले लगानीकर्ताहरुको लागि अवसर खुल्ला गरिदिएको छ ।

सगुनले विश्वभरबाट लगानी जुटाउन अर्को चरणको सेयर निस्कासन गर्दै ३० सेप्टेम्वर सम्मको लागि लगानीको अवसर दिएको हो । अमेरिकी सेयर बजार नियामक धितोपत्र विनिमय आयोग (एसइसी) ले केही समय अघि सगुनको विवरणपत्रलाई विक्रीयोग्य तोकेको थियो । सगुनले यस चरणमा ग श्रेणीको साधारण सेयर प्रतिकित्ता ३० डलरका दरले ३ लाख कित्ता सर्बसाधारणलाई विक्री गर्ने छ ।

सगुनको सेयरमा विश्वभर रहेका सर्बसाधारणले कम्तिमा ३० कित्ता सेयर (९ सय डलरको) खरिद गर्न सक्नेछन् । कम्पनीले उक्त सेयर सीमित समयका लागि पहिले आवेदन गर्नेले किन्न पाउने गरी निश्कासन गरेको हो ।

सगुनले सन् २०१७ मा यसको पहिलो’रेज ए प्लस’ मिनी आइपिओ प्रतिकित्ता २३ डलरका दरले निस्कासन गरेको थियो ।

‘हामी विश्वभरीका लगानीकर्ताहरुबाट पाएको सहयोग र विश्वासले उत्साहित र गौरवान्वित भएका छौं सगुनका संस्थापक गोविन्द गिरीले भने,’हामीले सागुनलाई एउटा फरक खालको प्लेटफर्म निर्माण गर्न कडा मेहनत गरेका छौं । यसले विश्वभरका प्रयोगकर्ताको आवश्यकता र चासोलाई पूरा गर्दछ । सगुनमा उनीहरूले साथीहरूसँग सम्पर्क गर्ने मात्र हैन,सोसियल इकमर्समा समेत संहभागी हुन सक्ने छन् । यसमा खाता खोलेर विताएको समयका अधारमा आम्दानी पनि गर्न सकिन्छ ।’

सगुनले अहिलेको सार्वजनिक निस्कासनमा सर्वसाधारण र संस्थागत लगानीकर्ताहरूबाट लगानी स्वीकार गर्नेछ । यस पटकको निस्कासन सीमित समयको लागि मात्र खुला रहनेछ। यस पटक सर्ब साधारणले गरेको लगानीबाट जम्मा भएको रकमले प्रयोगकर्ताको अधार वृद्धि गर्न,प्लेटफर्म विस्तार गर्न र सगुनका नयाँ एप,सुविधा र विशेषताहरू थप गर्न खर्च गर्ने कम्पनीले जनाएको छ ।
सगुनमा विश्वभरबाट ८० लाखभन्दा बढी प्रयोगकर्ता जोडिएका छन् ।

सगुनको सेयर खरिद गर्न इच्छुक ब्यक्तिले मा गएर वा सगुन एपमा रहेको मिनि आइपिओ(Sagoon Mini-IPO) ट्याब छानेर लगानी गर्न आवेदन गर्न सक्नेछन् । त्यहाँ सेयर विक्रि अह्रवान पत्र पनि उपलब्ध छ। इच्छुक लगानीकर्ताहरूले लगानी गर्नुअघि उक्त अह्रवान पत्र (सर्कुलर) अध्ययन गर्नुपर्छ।
सेयर निस्कासन सम्बन्धी कुनै जिज्ञासा भए आनंद बज्राचार्यलाई [email protected] र कविन सिटौलालाई [email protected] .मा सम्पर्क गर्न सकिने बताइएको छ ।