१५ चैत्र २०८०, बिहीबार
Follow Us

‘नेपाल आइडल’को सिजन – ३ को उपाधि सज्जा चौलागाईँलाई

नेपालब्रिटेन संवाददाता
१३ भाद्र २०७७, शनिबार ०५:०६

काठमाडौं । नेपाली गायन रियालीटी सो ‘नेपाल आइडल’को सिजन – ३ को उपाधि सज्जा चौलागाईँले हात पारेका छिन् । आज भएको फाइनलमा दर्शकले गरेका भोटका आधारमा सज्जा चौलागाईँले नेपाल आइडल तेश्रो संस्करणको विजेता भएकी हुन् ।

नेपाल आइडल बन्ने सपनासहित आएका हजारौं प्रतिष्पर्धीहरुलाई पाँखा लगाउदै सज्जा चौलागाईँले तेस्रो नेपाल आइडलको ताज पहिरिएकी हुन् । त्यस्तै, किरण भुजेल फर्स्ट रनरअप र प्रविण वेदवाल सेकेन्ड रनरअप भएका छन् ।

नेपाल आइडलको गत बिहीवारको संस्करणपछि फाइनल चरणमा प्रवेश गरेको थियो । अन्तिम ४ मा सिमित रहँदै चितवनका केबिन ग्लान तामाङ्ग अन्तिम चारबाट आफ्नो नेपाल आइडलको यात्रा टुङ्गाए ।