८ बैशाख २०८१, शनिबार
Follow Us

नेपालका लागि बेलायती पूर्व राजदूत मोरिस मृतक फेला

नेपालब्रिटेन डट कम्
१५ भाद्र २०७७, सोमबार १८:१६

लण्डन । नेपालका लागि बेलायतका पूर्व राजदूत रिचर्ड मोरिसका मृत अवस्थामा भेटिएका छन् ।

गत मे ६ देखि बेपत्ता मोरिसको खोजीमा जुटेको ह्याम्पशायर प्रहरीले उनको शव एलिस होल्ट जंगलमा फेला पारेको जनाएको छ ।

बीबीसीका अनुसार बेलायतको फार्नहमनजिक बेन्टली क्षेत्रमा बस्दै आएका ५२ वर्षीय पूर्व राजदूत मोरिस गत मे ६ तारिख बिहान दौड्न घरबाट निस्किएपछि बेपत्ता भएका थिए । उनको परिवारलाई खबर गरिएको तर सनाखत हुन बाँकी रहेको बताएको छ ।

मोरिसले नोभेम्बर २०१५ देखि नोभेम्बर २०१९ सम्म नेपालमा ब्रिटिश राजदूतको रुपमा जिम्मेवारी निर्वाह गरेका थिए ।