७ बैशाख २०८१, शुक्रबार
Follow Us

पाए मैले तिमी

नेपालब्रिटेन संवाददाता
१६ भाद्र २०७७, मंगलवार ०५:१२

काठमाडौं । गायक सजल न्यौपानेको स्वरमा ‘पाए मैले तिमीलाई सार्वजनिक भएको छ । लुलु आर रानाको शब्द रहेको गीतमा संगीत तथा एरेन्ज भने रिदम कंडेलको सुन्न सकिन्छ । गीतकार राना भन्छिन ‘यो गीतमा मायाको परिभाषा फरक तरिकाले दिन खोजेको छु’ ।

यस्तै यता गायक न्यौपाने गीतलाई सम्पूर्ण युनिटले मेहनत साथ् तयार गरेकाले दर्शक स्रोताहरुले रुचाउने विश्वास व्यक्त गर्छन । बर्षा सिवाकोटी , जीवन भट्टराई र बिकास लामिछानेले अभिनय गरेको गीतलाई अनुप चापागाईले निर्देशन गरेका हुन् ।जहाँ वर्षा पाउन जीवन र बिकासको टकराव देखाईको छ ।

सुरुमा झट्ट सुन्दा रोमान्टिक लागे पनि यो स्याड भर्सनको गीत हो निर्दशक चापागाई भन्छन ‘ त्यहि गीतको थिम अनुसार भिडियो बनाउने कोशिस गरेको छु ‘ । भिडीयोमा हरि हुमागाईको छायाँकन , बिकास दाहालको सम्पादन ,समरा श्रेष्ठको मेकअप देख्न सकिन्छ ।