१३ बैशाख २०८१, बिहीबार
Follow Us

पुर्नसंरचना प्रस्तावमा विवाद गर्नु अनावश्यक : रविना थापा, उपाध्यक्ष, एनआरएनए

नेपालब्रिटेन डट कम्
१६ भाद्र २०७७, मंगलवार २१:५४

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) की उपाध्यक्ष रविना थापाले पुर्नसंरचना सम्बन्धी प्रस्तावमा विवाद गर्नु अनावश्यक रहेको बताएकी छन् ।

थापाले सोमवार आफ्नो फेसबुक टाइमलाइन मार्फत संघमा पछिल्लो समयमा आएको प्रस्ताव महत्वपूर्ण र आवश्यक एजेण्डा भएको बताएकी छन् ।

थापाको फेसबुकबाट जस्ताको तस्तै

झण्डै दुई दशक लामो इतिहास सहित एक पटकको नेपाली सधैंको नेपाली भन्ने प्रमुख उद्देश्य र प्रबासी नेपालीको हकहितको लागी क्रियासिल छ। सँस्था संचालन र सँस्थाका हरेक गतिबिधिहरुप्रती आमएनआरएनको चासो र चिन्ता स्वभाबिक हुँदाहुदै सँस्थामा सँस्थागत छलफल परामर्श भन्दा ब्यक्तिहाबी हुने प्रबृति र प्रचलनका कारण हाम्रो सँस्थामा बिगतदेखि बर्तमानसम्म अनावश्यक विवाद र बिभाजनले प्रश्रय पाएको छ।

सँस्थाको पछिल्लो बैठकमा प्रस्तावित अत्यन्तै महत्वपूर्ण र आवश्यक एजेण्डाको विषयमा ब्यापक छलफल परामर्श र वैधानिक रुपमा बिधान समिति मार्फत अगाडि बढाउनु पर्ने अवस्थामा सँस्थाका जिम्मेबार ब्यक्तिहरुबाटै व्यक्तिगत रुपमा धारणा सार्वजनिक गरेका कारण आम एनआरएन भित्र विवाद उत्पन्न भएको छ ।

यस्तो अवस्थामा सँस्थालाई विवाद रहित बनाउदै निशुल्क सदस्यता, निशुल्क केन्द्रिय महाधिबेशनमा रजिस्ट्रेसन र न्युनतम उम्मेदवारी शुल्क सहित आगामी निर्बाचनमा प्रतिनिधीको मापदण्ड र सुनिश्चिततासंगै बिगतका निर्बाचनको अनुभबलाई मध्यनजर गर्दै कसरी निर्बाचन सम्पन्न गर्ने भन्ने समग्र बिषयको लागी राष्ट्रिय तथा अन्तरास्ट्रिय समन्वय परिषदका पदाधिकारी तथा सदस्यको अपनत्व महसुश बनाउन तर्फ हामीहरु लाग्नु पर्दछ ।

एनआरएनए आमप्रबासी नेपालीहरुको सँस्था निर्माण गर्न सबैले एक कदम आआफ्ना दम्भ र स्वार्थलाई त्याग्दै सामूहिक छलफल मार्फत निर्णयमा पुग्न सबैमा हार्दिक अनुरोध गर्दछु।

जय नेपाल, जय एनआरएनए

बिनित

रबिना थापा
उपाध्यक्ष
गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद