७ बैशाख २०८१, शुक्रबार
Follow Us

जापानवासी एनआरएनको सकृयतामा २१ करोडको स्वास्थ्य सामग्री नेपाल जाँदै (भिडियो)

नेपालब्रिटेन डट कम्
१७ भाद्र २०७७, बुधबार १८:२१

लण्डन । जापानस्थित नेपाली समुदायको सकृयतामा नेपाल सरकारलाई करिब २१ करोड रुपैया भन्दा बढीको स्वास्थ्य सामग्री हस्तान्तरण हुने भएको छ ।

गैरआवासीय नेपाली संघका कोषाध्यक्ष महेश कुमार श्रेष्ठका अनुसार गैरआवासीय नेपाली संघका मानार्थ सदस्य कपिलदेव थापाको पहलमा जापानको फुजिरेव्इओ कम्पनीले नेपालको स्वास्थ्य मन्त्रालयलाई सो रकम बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको हो ।

श्रेष्ठका अनुसार पहिलो चरणमा, ३ करोड भन्दा बढीको ७ हजार स्वास्थ्य सम्वन्धी किट चार्टड फ्लाईट मार्फत बुधवार नेपाल पठाएको छ ।

सो कम्पनीले बाँकी सामग्री नेपाल सरकारको माग अनुरुप ५० हजार थान किट सामग्री दिने घोषणा गरेको छ । सरकारले चाहेमा पुरै ५० हजार थान अर्थात २१ करोड रुपैयाँको सामग्री नेपाल भित्राउन सक्ने छ ।

नेपालमा कोरोना भाइरसको संक्रमण तिब्र हुदै गए पछि जापानवासी नेपालीहरुको सकृयतामा पठाउन लागिएको सो सामग्री नेपालमा निकै उपयोगी हुने भन्दै गैरआवासीय नेपाली संघले एनआरएनए जापान, कपिल थापा, फुजिरेव्इओ कम्पनीका प्रमुख गोकी इसिकावा लगायतलाई विषेश धन्यवाद दिएको छ ।