१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनए अमेरिका क्षेत्रीय विज्ञ सम्मेलन शनिवार शुरु हुने (कार्यक्रम सहित)

नेपालब्रिटेन डट कम्
१८ भाद्र २०७७, बिहीबार २३:३३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका क्षेत्रीय विज्ञ सम्मेलन शनिवार देखि सुरु हुदैंछ । तीन दिन सम्म चल्ने सम्मेलनको उद्धघाटन परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले गर्ने कार्यक्रम तय भएको गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रीय संयोजक राजन त्रिपाठीले जानकारी दिए ।
कोरोना संक्रमणका कारण सो सम्मेलन जुम प्रविधीद्धारा आयोजना हुने गैरआवासीय नेपाली संघले जनाएको छ । यसअघि सो सम्मेलन फेस टु फेस क्यानाडामा गर्ने घोषणा गरिएको थियो ।
सम्मेलनलाई विषेश अतिथिहरुमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, अमेरिकाका लागि नेपाली महामहिम राजदूत डा. अर्जुन कार्की, क्यानाडाका लागि महामहिम राजदूत भृगु ढुंगाना र नेपाली काँग्रेसका नेता तथा पूर्व परराष्ट्रमन्त्री बालकृष्ण खाँण लगायतले सम्वोधन गर्ने भएका छन् ।

क्षेत्रीय सम्मेलन गैरआवासीय नेपाली संघको आगामी महिना हुने विश्वव्यापी विज्ञ सम्मेलनक तयारी स्वरुप आयोजना गरिएको बताएको । सम्मेलनमा कृषि, विज्ञान प्रविधी, पुर्वाधार विकास, सार्वजनिक स्वास्थ्य, इनर्जी, शिक्षा लगायतका क्षेत्रमा कार्यरत विज्ञहरुले आआफ्ना कार्यपत्र प्रस्तुत गर्ने छन् ।





More details