१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनए उपाध्यक्ष डा. बद्री केसी कोरोना मुक्त

नेपालब्रिटेन डट कम्
२२ भाद्र २०७७, सोमबार १४:२३


एनआरएनए रुसका अध्यक्ष भाइरसको संक्रमण

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसी कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

विश्वव्यापी कोरोना संक्रमण भए पछि विदेशीमा अप्ठ्यारोमा पारेका नेपालीहरुको उद्धारको लागि सकृय केसीलाई गत तीन हप्ता पहिले पटक कोरोना पोजेटिभ (कोभिड १९) देखिएको थियो ।

केसीको पहिलो टेष्टमा पोजेटिभ देखिए पछि होम आइसोलेसनमा बसेरै संघका गतिविधीमा अनलाइनबाटै सहभागिता जनाएका थिए ।

डा. केसीले आफुलाई तीन हप्ता पहिला कोरोना संक्रमण देखिएको र तेस्रो परिक्षणमा पूर्ण रुपमा कोरोना मुक्त भएको पुष्टि गरे ।

उनलाई कोरोना संक्रमण हुनु अघि जरो आउने घाँटी दुख्ने लगायतका लक्षण देखिएका थिए ।

केसीले कोरोना संक्रमणबाट मुक्त भए पछि गैरआवासीय नेपाली संघको अमेरिका क्षेत्रीय विज्ञ सम्मेलनमा सहभागी भएका थिए ।

यस्तै गैरआवासीय नेपाली संघ रुसका अध्यक्ष शिवमणी भुर्तेललाई समेत कोरोना संक्रमण देखिएको छ। उनको स्थानिय अस्पतालमा उपचार भैरहेको छ ।