१५ चैत्र २०८०, बिहीबार
Follow Us

बागलुङको बाढिपहिरो पिडितको लागि एनआरएनएको ५ लाख सहयोग

नेपालब्रिटेन डट कम्
२५ भाद्र २०७७, बिहीबार १६:३१

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकामा केही दिन अघि गएको भिषण बाढिपहिरोका पीडितहरूलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ५ लाख रूपैयाँ सहयोग दिने भएको छ ।

विश्वभर छरिएका बागलुङेहरुको बिहीबार साँझ आयोजना गरेको भर्चुअल अन्तर्कियामा संघका महासचिव डा. हेम राज शर्माले उक्त रकम सहयोगको घोषणा गरेका हुन् ।
महासचिव शर्माले पीडितहरूको सहयोगका लागि सिड मनीको रुपमा ५ लाख रुपैयाँको सहयोग घोषणा गर्दै संघका राष्ट्रिय समिति (एनसीसी) मार्फत अन्य सहयोगको लागि आग्रह गरेका छन् ।
अन्तर्कियामा सहभागी राष्ट्रिय सभामा सत्तापक्ष दलका नेता दीनानाथ शर्माले ढोरपाटनको पहिरो र त्यसपछि भुजीखोलामा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको भन्दै सहयोगका लागि अपिल गरे । नेता शर्माले हालसम्म वेपत्ता भएकाहरूको खोजिकार्य तिब्र बनाउन र उद्दार एव कुनै कमि नगर्न सरकारसँग आग्रह गरे ।

हालैमात्र बाढी पहिरो स्थलको स्थलगत अवलोकन गरेका त्यसै क्षेत्र (बागलुङ क्षेत्र नं २) का सांसद देवेन्द्र पौडेलले प्राकृतिक विपत्तिले ठूलो मानवीय र भौतिक क्षति भएको बताए । सांसद पौडेलले पीडितलाई तत्काल राहतका साथ पुनस्र्थापना गर्ने प्रतिवद्धता जनाए ।

नेपाली काँग्रसका युवा नेता किरण पौडेलले घटना लगत्तै आफुहरू उद्दार र राहतमा जुटेको बताए ।

बेलायत, स्पेन, बेल्जियम, प्रोतुगल, जापान, क्यानाडा, मलेसिया, युएई, कतार, लगायत १५ देशमा रहेका करिब ४ दर्जन जना जति सहभागि अन्तर्कियामा सहभागिहरूले विपत्तिमा परेका जिल्लावासी जनतालाई सहयोग गर्न आतुर रहेको बताएका थिए । अन्तरक्रियामा बोल्ने वक्ताहरुले विदेशमा जम्मा भएको आर्थिक सहयोग एकद्धार प्रणाली मार्फत प्रभावित स्थानमाको शिक्षा र स्वास्थ्य खर्च गर्न सुझाव दिएका थिए ।