७ बैशाख २०८१, शुक्रबार
Follow Us

उनी दिनको १ किलो बालुवा खान्छिन्

नेपालब्रिटेन डट कम्
३० मंसिर २०७३, बिहीबार १३:१८

कुसमावती जब १५ वर्षकी थिइन् उनको पेट दुख्यो । बैद्यले उनलाई गाईको दुधमा बालुवाको मिश्रण बनाएर पिउन दिए । उनको पेट दुखाइ ठीक भयो । उनलाई थाहा छैन, बालुवामा कस्तो स्वाद थियो, अन्जानमै त्यसपछि बालुवा खाने लत बस्यो ।
वाराणसीको चोलापुर ब्लकको कटारी गाउँकी कुसमावती अहिले ७८ वर्ष पुगिन् । ६३ वर्ष पुरानो लद अहिले पनि कायमै छ । उनका नातिनातिना भइसके । उनीहरुको जिम्मेवारी हजुरआमालाई बालुवा खोजेर ल्याउनु । कतिपटक त उनका छिमेकीले पनि बालुवा दिएर कुसमावतीलाई सहयोग गरेका छन् । कुसमावती अहिले पनि स्वास्थ्य छिन् । आँखामा चस्मा लगाउनु परेको छैन, न निहुरे नै हिड्नुपर्छ । त्यत्ति मात्र होइन, उनी खेतवारीमा पनि दिनभरि काम गर्छिन् । बालुवामा अढाइसय ग्रामसम्मको ढुंगा उनी सजिलै खान्छिन् । खानुभन्दा अगाडि उनी राम्रोसँग धुन्छिन् । घाममा सुकाउँछिन र कँकड पत्थरजस्तो बनाउँछिन् । सुत्नुभन्दा अगाडि, उठेपछि र राति निन्द्राले छोड्यो भने उनलाई बालुवा चाहिन्छ । उनलाई तनाव भयो भने देखिभरि नै उनी बालुवाको फाको हाल्छिन् ।
उनले बीबीसी संवाददातालाई एउटा कथा समेत सुनाउन भ्याइन् । उनले भनिन्, ‘एक पटक छिमेकीले घर बनाउन बालुवा ल्याएका थिए । मैले अहिलेसम्म त्यत्ति मीठो बालुवा भेटिकी छैन, केही दिनमै मैले दुई तीन बोरा बालुवा खाइसकेछु । कसैले थाहा पाएन, म त्यहाँबाट बालुवा ल्याउँथे र त्यसको सट्टा घरको बालुवा त्यहाँ लगेर राखिदिन्थे ।’
कुसमावतीकी नाति सुन्दरमले भने, ‘मैले त बाल्यकादेखि नै देखिरहेको छु, हजुरआमाले बालुवा खाएको । उहाँ स्वास्थ्य हुनुहुन्छ, गत वर्ष हजुरआमा एकपटक विरामी हुनुभयो ।
काशी हिन्दू विश्वविद्यालयका मनोरोग चिकित्सा विभागका अध्यक्ष प्राध्यापक सञ्जय गुप्ताका अनुसार उनीमा ‘पाइका’ नामको विरामी हुन् । त्यस्ता विरामीले खान हुने वा नहुने वस्तु मान्छेले खान्छ, यद्यपि ऊ विरामी हुँदैन । सम्भवतः उनले बालुवाको माध्यमबाट आफ्नो शरीरमा कुनै कमी आएको चिज प्राप्त गरिरहेकी छिन् ।
औषधि विज्ञानमा अहिले पनि धेरै समाधान नभएका कुरा रहेको उनले स्वीकार गरे ।