६ बैशाख २०८१, बिहीबार
Follow Us

ध्रुव दत्तको ‘शून्य’ सार्वजनिक (भिडियो)

नेपालब्रिटेन डट कम्
२९ भाद्र २०७७, सोमबार १९:०३

लण्डन । बेलायतमा बस्दै आएका नेपाली चलचित्र अभिनेता ध्रुव दत्तको एक सर्ट मुभी (लघु चलचित्र) सार्वजनिक भएको छ ।

बेलायतस्थित निर्देशक सनम वैरागको निर्देशनमा निर्माण भएको ‘शून्य’ सोमबार बिहान युट्युबमार्फत रिलिज गरिएको हो । ९ मिनेट लामो ‘शून्य’ मा अभिनेता दत्तको एकल अभिनय छ ।

कोभिड १९ महामारीले निम्त्याएको संकटपूर्ण अवस्थालाई लघु चलचित्रमार्फत चित्रण गर्ने कोशिस गरिएको अभिनेता दत्तले बताए ।

मुभीको विषयवस्तुबारे उनले भने, ‘कोभिड १९ कै वरिपरि घटेको घटना, जुन जो कोहि माथि पनि घट्न सक्छ । अझ देश बाहिर बस्नेहरुले आफन्त गुमाउनुपर्दाको पीडा असह्य हुन्छ । त्यतिबेला केही सोच्नै नसक्ने स्थिति हुन्छ, दिमाग नै शून्य हुन्छ । यही अवस्थालाई समेटेर शून्य तयार भएको छ ।’

भिजन संसारको प्रस्तुतिका रुपमा रिलिज गरिएको ‘शून्य’ मा डीडी ईन्टरटेनमेन्टको साथ छ । जसमा कृष्णबहादुर लाम्गादेको निर्माण, गोपी सापकोटाको कथा र शन्तकुमार राईको छायांकन छ ।

यो लघु चलचित्रको सबटाईटल ज्ञानेन्द्र रावतले गरेका छन् भने स्वरांकन शशी थापा सुब्बा, सुस्मिता थापा, अभिमन्यू बैराग र सनम बैरागले गरेका छन् ।

‘शून्य’ लाई भिजन संसार प्लसको युट्युब च्यानलमा हेर्न सकिनेछ ।