१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएनए अमेरिका क्षेत्रीय बैठकमा महिला सहभागीता सम्वन्धी विवाद टुंगियो

नेपालब्रिटेन डट कम्
३१ भाद्र २०७७, बुधबार १४:२४

लण्डन । गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिला दिदी बहिनीहरुको सहभागिता हुन नसकेको विषयप्रति हाम्रो ध्यानाकर्षण भएको गैरआवासीय नेपाली संघले जनाएको छ । ।

संघका प्रवक्ता डिबी क्षेत्रीले एक विज्ञप्ति जारी गर्दै अमेरिका क्षेत्रीय बैंठकमा भएका कमिकमजोरी र त्रुटीका बारे आत्मआलोचना गर्दै भविष्यमा यस्ता गतिविधी नदोहोराउने प्रतिबद्दता जाहेर गरे पछि उक्त विवाद सकिएको हो ।

प्रवक्ता क्षेत्रीद्धारा वुधवार जारी विज्ञप्तिमा ‘यसै बिषयमा छलफल गर्न संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा हालै अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैंठक बस्यो । उक्त बैंठकमा क्षेत्रीय संयोजक (राजन त्रिपाठी), क्षेत्रीय महिला संयोजक (उमा कार्की थापा, क्षेत्रीय युवा संयोजक (बिमला सापकोटा) र राष्ट्रिय समन्वय परिषद् क्यानाडाका अध्यक्ष (चिरञ्जीवी घिमिरे) को पनि उपस्थिति रहेको थियो । उक्त बैंठकमा अमेरिका क्षेत्रीय बैंठकमा भएका कमिकमजोरी र त्रुटीका बारे आत्मआलोचना गर्दै भविष्यमा यस्ता गतिविधी नदोहोराउने प्रतिबद्दता गरिएको जानाकारी गराउदछौं । महिला तथा युवाहरुको सकृय सहभागिता बिना एनआरएन अभियान अपुरो हुने भएकोले भविष्यमा उहाँहरुको सशक्त सहभागिताको वातावरण बनाईने निर्णय समेत गरिएको छ । तसर्थ, क्षेत्रीय बैंठकका क्रममा सिकेको पाठलाई आत्मसाथ गर्दै ‘नेपालीको लागी नेपाली’ भन्ने एकताको भावनाले अगाडि बढ्न सबैमा विनम्र अनुरोध गर्दछौं’ उल्लेख छ ।