१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेपाल जान चाहनेहरुको लागि लण्डन राजदूतावासको ३ बुँदे निर्देशन

नेपालब्रिटेन डट कम्
१ आश्विन २०७७, बिहीबार १५:२१

लण्डन । नेपाल सरकारले नियमित उडान शुरु गरे सँगै विभिन्न सुरक्षात्मक मापदण्डहरु पालना गरि यात्रा गर्ने अनुमति दिइएको छ । यसविचमा लण्डन स्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै नेपाल जान चाहनेहरुको लागि ३ बुँदे निर्देशनहरु जारी गरेको छ ।

राजदूतावासका अनुसार बेलायत, आयरल्याण्ड र माल्टा बाट नेपाल जाने सम्पूर्ण नेपाली तथा गैरआवासीय नेपालीहरुले उडान हुनुभन्दा ७२ घण्टा अघिको पिसिआर परिक्षणको नेगेटिभ रिपोर्ट देखाउन पर्ने भएको छ । त्यसैगरी गैरआवासीय नेपालीहरुले नेपाल जानुपूर्व राजदूतावासबाट अनिवार्य रुपमा भिसा तथा सिफारिस पत्र लिनुपर्ने नियम बनाइएको छ ।

यस्तै नेपाल जाने टिकट र पिसिआर रिपोर्टलाई उडानको ४८ घण्टाभित्र नेपाल सरकारले गठन गरेको कोभिड १९ आपतकालीन व्यवस्थापन समिति सिसिएमसीको वेभसाइट https://www.ccmc.gov.np/ मा अनलाइन फारम भरी त्यसमा आउने सिस्टम जेनेरेटेड बार कोडको स्क्रिनशट वा प्रिन्ट गरी एक प्रति साथमा लैजान पनि दूतावासले आग्रह गरेको छ । नेपाल पुगिसकेपछि पनि ब्यक्ति क्वारेन्टीनमा अनिवार्य रुपमा बस्नुपर्ने नियम बनाइएको छ ।

दूतावासले जारी गरेको पत्र