१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनएचएसको कोभिड टेष्टलाई मान्यता दिन विमान कम्पनीलाई लण्डन दूतावासको निर्देशन (पत्र सहित)

नेपालब्रिटेन डट कम्
१ आश्विन २०७७, बिहीबार १९:०२

लन्डन । लामो लकडाउन पछि नेपाल फर्किने उत्साह बोकेर हित्रो विमानस्थल पुग्ने यात्रुलाई विमान कम्पनीले बेलायतको राष्ट्रिय हेल्थ सर्भिस (एनएचएस) ले दिएको कोभिड–१९ को टेष्टलाई मान्यता नदिए पछि उत्पन्न समस्या समधानका लागि लण्डनस्थित नेपाली दूतावासले अग्रसरता देखाएको छ ।

बुधवार दूतावासले लण्डनस्थित टर्किस्ट एयरलाइन्सको स्टेशन म्यानेजरलाई एक पत्र लेख्दै बेलायतको राष्ट्रिय हेल्थ सर्भिस (एनएचएस) ले दिएको कोभिड–१९ को रिपोटलाई नेपाल सरकारले मान्यता दिने प्रस्ट पारेको छ ।

दूतावासको तर्फवाट काउन्सिलर रोशन खनालद्धारा जारी पत्र पछि बुधवार टर्किस्ट एयरलाइन्स मार्फत लण्डन – काठमाण्डौं जाने यात्रुहरु सहज रुपमा उडान गरेको वेलायतस्थित ट्राभल्ल एजेण्ड ट्राभल्स कन्स्लोले जनाएको छ ।

ट्राभल्स कन्स्लोका निर्देशक विराज भट्टका अनुसार कतार एयरवेजमा अझै सामान्य समस्या देखिए पनि अन्य एयरलाइन्सले भने एनएचएसको कोभिड रिपोटमा आधारमा यात्रुहरुलाई बोडिङ्गपास दिन थालेका छन् ।

यसअघि कतार एयरवेज मार्फत गतसाता काठमाडौंका लागि उडान भर्न लागेका सबै यात्रुहरुलाई काठमाडौं सानेपाको स्टार हस्पिटल मोलिकुलर ल्यावमा परीक्षण गरेको कोभिड–१९ टेष्ट नजिताको फरम्याटमा कोराना भाइरस टेष्ट रिर्पोट देखाउनु पर्ने भन्दै यात्रुहरुलाई विमास्थलमै रोकेको थियो ।

रोकिएका यात्रुहरुले आक्रोसित हुदैं विमानस्थलबाटै पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेश भट्टराईलाई सिधै सम्पर्क गरेर दुखेसो पोखेका थिए।