१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनको पहलमा साईप्रसबाट ६३ जनालाई नि:शुल्क घर फर्कायो

नेपालब्रिटेन डट कम्
१ आश्विन २०७७, बिहीबार २२:३२

दिनेश गौतम । साईप्रस । गैरआवासीय नेपाली संघको पहलमा बिहिवार थप ६३ जना नेपालीहरु स्वदेश फिर्ता भएका छन । कोरोना संक्रमण पछि साईप्रसमा लकडाउनमा परेका विभिन्न पेशामा संलग्न रहेकाहरुको निशुल्क उद्धार गरिएको हो ।

गैर आवासीय नेपाली सँघ साईप्रस र होनरी नेपाली कन्सुलेटलेग यहाँको आईओएमसँगको विशेष सहकार्यमा निशुल्क स्वदेश फर्काईएको नेपाली राजदुतावास ईजरायलले जनाएको छ ।

प्रवक्ता घिमिरेका अनुसार साईप्रस देशबाट धेरै विद्यार्थी, कामदारलाई खाना खाने समस्याबाट झन प्रभावित भएकाहरुलाई आईओएम साईप्रसको विशेष पहलमा स्वदेश फर्काएको छ ।

यस्तै बीच कोरोना भाईरसका कारणले नेपाल पठाउन शव पठाउन ढिला भएका विवेक अमगाईँ र रेनुका कोइरालाको पार्थिव शरीर शुक्रवार नेपाल पठाइने भएको छ ।

सेप्टेम्बर ९ देखि इस्तानबुलको एयरपोर्टमा अलपत्र परेकी एक महिलालाई दूतावासले टर्कीका अधिकारीहरुसँग समन्वय गरि नेपाल फर्काउने प्रक्रियामा सहजीकरण गरेको समेत घिमिरेले जानकारी दिए।

यस्तै साईप्रस वा ईजरायल देशबाट जो कोही नेपाल फर्कनन चाहेहरुले नेपाली राजदुतावास वा सम्बन्धीत देशमा रहेको गैरआवासीय नेपाली संघसँग सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।

यता साईप्रसबाट नेपालीहरुलाई स्वदेश फर्काउनका लागि गैरआवासीय नेपाली सघंका प्रमुख संरक्षक सुबास मल्ल, एनआरएनए साईप्रसका प्रतिनिधिहरु र नेपाली अवैतनिक वाणिज्यदूत डा राम जीवन पन्जियारले विशेष पहल गरेका थिए ।

गैरआवासीय नेपाली सघ साईप्रसले नेपालीहरुलाई स्वदेश फर्काउनका लागि आईओएमले सहयोग गरेकोमा धन्यबाद दिदैं आगामी दिनमा सहकार्य गर्दै जाने प्रतिवद्धता जनाएको छ ।