११ बैशाख २०८१, मंगलवार
Follow Us

साइप्रसमा ५ नेपाली महिला पक्राउ

नेपालब्रिटेन डट कम्
२ आश्विन २०७७, शुक्रबार १९:०९

समिम मियाँ । साइप्रस प्रहरीले नक्कली कागजपत्र पेश गरि सिमाना पर गर्न खोजेको आरोपमा पाँच जना नेपाली महिलालाई पक्राउ गरेको छ।
गत सोमबार दिउँसो आइयोस डोमेटिओसबाट टर्कीको उत्तरी साइप्रस जान खोज्दा पक्राउ गरिएको हो।
प्रोतोकोल अनुसार सिमा पार गर्न कम्तिमा ४८ घण्टा अघि कोरोना टेस्ट गरेको प्रमाणपत्र देखाउनु पर्ने नियम छ। तर उनीहरुले पेश गरेको कोभिड १९ को रिपोर्ट प्रति संखास्पद लागेपछि प्रहरीले थप छानविन गरेको थियो।

छानविन पश्चात सो रिपोर्ट नक्कली भएको प्रमाण भए पछि पक्राउ गरिएको प्रहरी प्रवक्ताले बताएका छन्। । पाँचै जना नेपाली महिला घरेलु कामदार हुन्। ।
उनीहरु कामको खोजीमा उत्तरी साइप्रस जान लागेको बताइएको छ। कोरोना परिक्षण नै नगरी नक्कली कागजात पेश गरि उनीहरु उत्तरी साइप्रस सम्म मात्र जान लागेका हुन् या विभिन्न एजेन्ट मार्फत मानव तस्करीको जालमा परेर अन्य देश छिर्ने लागेका थिए भन्ने प्रस्ट भएको छैन।

मानव तस्करले साइप्रसलाइ ट्रान्जिट हबको रुपमा रुट बनाउदै उत्तरी साइप्रस हुदै टर्की, ग्रीस हुँदै फ्रान्स, इटाली, पोर्चुगल लगायतका युरोपेली राष्ट्रहरुमा गैर कानुनी तवरले छिराउने गरेका छन्। ।