१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पर्वतारोही निर्मल पुर्जा राष्ट्रदीप चतुर्थ र व्यवसायी लामिछाने सुप्रबल जनसेवाश्री पदकद्धारा सम्मानित

नेपालब्रिटेन डट कम्
३ आश्विन २०७७, शनिबार १८:३६

लन्डन । बेलायतस्थित एकजना चर्चित व्यवसायी तथा समाजसेवी रविजंग लामिछानेले पनि संविधान दिवसको अवसरमा सुप्रबल जनसेवाश्री पदक पाएका छन्। ।

पदकको घोषणा पछि लामिछानेले उक्त पदक पाएर आफुले गौरवान्वित महसुस गरेको बताएका छन्।

पर्वतमा जन्मिएका व्यवसायी लामिछानेले सन २०१५ को भूकम्प पछि र हालै कोरोनाको कहरका बेला पनि नेपाल सरकारले स्थापना गरेको कोषमा ठुलै रकम सहयोग गरेका थिए।

यसैगरी पूर्व गोर्खा तथा कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा कीर्तिमय राष्ट्रदीप चतुर्थ पदकबाट विभूषित भएका छन् ।

पुर्जाले विश्वका ८ हजार मिटर अग्ला १४ हिमाल सात महिनामै आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका छन् ।

सरकारले संविधान दिवसको अवसरमा ५९४ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ। सरकारले ४५३ जनालाई मानपदवी, ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गर्ने भएको हो। विभूषण, अलंकार र पदक आगामी संविधान दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण हुने छ।