४ बैशाख २०८१, मंगलवार
Follow Us

क्षेत्री समाज युकेको अध्यक्षमा यज्ञ क्षेत्री निर्विरोध

नेपालब्रिटेन डट कम्
४ आश्विन २०७७, आईतवार १८:३७

लण्डन । क्षेत्री समाज युकेको अध्यक्षमा यज्ञ क्षेत्री निर्विरोध भएका छन् । आगामी आइतवार हुने सातौं अधिवेशनको लागी अध्यक्ष पदमा क्षेत्रीको एक मात्र उम्मेदवारी परे पछि उनी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक रामशरण सिमखडाले जानकारी दिए ।

समाजको नयाँ कार्यसमितिमा उपाध्यक्षमा प्रकाश राउत, महेन्द्र केसी, श्रद्धा थापा (महिला उपाध्यक्ष), महासचिवमा क्याप्टेन दिर्घ केसी, सचिवमा रुपेश राउत, कोषाध्यक्षमा मनिष खड्का, सहकोषाध्यक्षमा अन्जना थापा, सामाजिक सचिवमा दिल जिसी, मिडिया सचिवमा नरेन्द्र बस्नेत सर्वसम्मतले चयन भएका छन् । यस्तै महिला संयोजकमा माया केसी निर्विरोध भइन् ।
आगामी २ वर्षको लागि निर्वाचित समितिका सदस्यमा डा. मिन रानाभाट, बन्दना केसी, गंगा क्षेत्री, राजु बोहोरा, यम भण्डारी चुनिए ।