१५ चैत्र २०८०, बिहीबार
Follow Us

एलिजा र आकाश अभिनित दशैं गीत ‘सानु’ को भिडिओ सार्वजनिक

नेपालब्रिटेन डट कम्
६ आश्विन २०७७, मंगलवार ०४:२१

काठमाडौं । नायिका एलिजा गौतम र नायक आकाश श्रेष्ठ अभिनित दशैं गीत ‘सानु’ गीतको भिडिओ सार्वजनिक भएको छ । अहिलेका चलेका गायक प्रताप दास, गायिका समिक्षा अधिकारी र बाल गायिका आयुषा गौतमको स्वर रहेको उक्त गीतको भिडिओमा गुराँश ढकाल र समाईरा थापाको पनि अभिनय रहेको छ ।

सञ्चारकर्मीसमेत रहेका कलाकार कमल सरगमले लेखेको गीतमा संगीत भने घमेश दुलालको छ । ज्ञानेन्द्र शर्मा हुमागाँईको छायांकन रहेको उक्त भिडिओमा कोरियोग्राफी भने सन्तोष राजवाहकको छ । भिडिओको परिकल्पना तथा निर्देशन भने प्रभावन जे एण्ड टिमको छ ।