१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बाग्लुङ समाज पोर्तुगलद्वार पहिरो पीडितहरुलाई ९ लाख ४१ हजार सहयोग

नेपालब्रिटेन डट कम्
७ आश्विन २०७७, बुधबार १४:४९

लण्डन । बाग्लुङ्ग समाज पोर्तुगलले पहिरो पिडिटको लागि आर्थिक सहयोग गरेको छ ।

केही समय अगाडि बाग्लुङ जिल्लाको ढोरपाटन र जैमिनी नगरपालिकामा एको बाढीपहिरो पिडितको लागि समाजले ९ लाख ४१ रुपैयाँ सहयोग गरेको हो ।

बाग्लुङ समाज पोर्चुगलका अध्यक्ष प्रेम खड्काका अनुसार सहयोग उठेको ९ लाख ४० हजार ७ सय ८४ रुपैयाँ ४० पैसाँ मध्ये ढोरपाटन नगरपालिकामा ८ लाख प्रदान गरिएको छ । जसमा २३ जना मृतकका परिवारलाई ९ हजार रुपैयाँका दरले र ७३ घर क्षती भएकालाई ८ हजार रुपैयाँका दरले हस्तान्तरण गरिएको हो ।

तेक्वान्दोका अन्तर्राष्ट्रिय प्रशिक्षक तथा एम्पायर घमबहादुर थापाको सहजीकरणमा उक्त रकम प्रदान गरिएको समाजले जनाएको छ ।

यसैगरी जैमिनी नगरपालिकामा १ लाख रुपैया सहयोग गरिएको छ । मृतक ३ परिवारका सदस्यलाई १५ हजारका दरले र ७ घर पूर्ण क्षति भएका ७ जनालाई ९ हजार रुपैयाँ प्रदान गरिएको छ । उक्त रकम जिल्ला सहकारी संघ मार्फत वितरण गरिएको हो ।

यस्तैगरी तमान र निसिखोला गाउँपालिकाका बाढीपहिरो पीडित पाँच घरपरिवारलाई ४० हजार रुपैया वितरण गरिएको छ ।

समाजका सल्लाहकार एवं पोर्चुगलका सफल व्यवसायी तथा समाजसेवी सूर्य हमालका अनुसार पीडित परिवारलाई प्रत्यक्ष सहयोग पुगोस भन्ने उदेश्यले सो नगद सहयोग गरिएको हो ।

समाजले सहयोगदाता र सहयोग हस्तान्तरण गर्न सहजीकरण गर्ने नगरपालिका, सहकारी र व्यक्ति व्यक्तित्वहरुलाई धन्यवाद दिएको छ ।