१५ चैत्र २०८०, बिहीबार
Follow Us

चेल्सीको लगातार ११ औं जित, डिएगो कोष्टा नायक

नेपालब्रिटेन डट कम्
३ पुष २०७३, आईतवार ०४:१८

लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सीले लगातार एघारौं जित हात पारेको छ । शनिबार राति भएको खेलमा क्रिष्टल प्यालेसलाई १-० ले हराउँदै चेल्सीले शिर्ष स्थानको अग्रतालाई फराकिलो समेत बनाएको छ । खेलमा चेल्सीलाई विजयी गराउन डिएगो कोष्टाले निर्णायक गोल गरे ।

शनिबार राती भएको अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले वेष्ट ब्रोमलाई २-० ले हराएको छ । खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन दुबै गोल ज्लातन ईब्राहिमोभिचले गरे ।

शनिबार राती भएका अन्य खेलहरुमा मिडिल्सब्रोले स्वान्सी सिटीलाई ३-० ले हराँउदा वेष्ट ह्याम युनाईटेडले हल सिटीलाई तथा सण्डरल्याण्डले वाट्फोर्डलाई १-० ले हराएका छन् ।

स्टोक सिटी र लेष्टर सिटीले भने २-२ गोलको बराबरी खेलेका छन् । शनिबार रातीका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा १७ खेलबाट ४३ अंक जोडेको चेल्सी शिर्ष स्थानमा कायमै छ । एक खेल कम खेलेका लिभरपुल र आर्सनल ३४/३४ अंकका साथ क्रमशः दोस्रो तथा तेस्रो स्थानमा छन् । आर्सनलले आज वेलुकी म्यान्चेस्टर सिटीसँग खेल्नेछ ।