१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए पोर्तुगलका महासचिवमाथि आक्रमण गर्ने गुरुङ्ग कारवाहीमा

नेपालब्रिटेन डट कम्
८ आश्विन २०७७, बिहीबार २१:०९

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) प्रोतुगलका महासचिव हेम राज सुवेदीमाथि सांघातिक हमला भएको छ । गैर आवासीय नेपाली संघ प्रोतुगलका अनुसार २१ सेप्टेम्वर सोमवारका दिन संघका उपाध्यक्ष अशोक गुरुङ्गले महासचिव सुवेदीलाई कुराकानी र छलफल गर्नु पर्ने छ भन्दै लगेर आक्रमण गरी टाउको र शरीरमा गम्भीर असर पुग्ने गरी प्रहार गरेका थिए ।

संघले सुवेदी माथि आक्रमण गर्ने गुरुङ्गमाथि कार्यवाही गरेको जनाएको छ । संघ २३ सेप्टेम्बर बसेको कार्यसमितिको पूर्ण बैठकले उनलाई जिम्मेवार ठहर गर्दै कारवाही गरेको छ । उनलाई प्रोर्तुगलको कुनै पनि बैठक, भेला, गतिविधि र क्रियाकलापमा सहभागी र संलग्न हुन नपाउने गरी रोक लगाएको छ ।

गैरआवासीय नेपाली संघ, प्रोर्तुगलको विज्ञप्ति