७ बैशाख २०८१, शुक्रबार
Follow Us

संविधान संशोधन विधेयक भोलि संसदमा टेबुल हुने

नेपालब्रिटेन डट कम्
३ पुष २०७३, आईतवार ०४:३६

काठमाडौं । संविधान संशोधन विधेयको पक्षमा रहेका सत्तापक्ष र मधेशी मोर्चाले संविधान संशोधन विधेयकलाई सोमबार बस्ने संसद बैठकमा पेश गर्ने निर्णय गरेको छ । सरकारले संसद अवरोधको बाबजुत पनि सदनमा संशोधन विधेयक पेश गर्ने निर्णय गरेको हो ।
माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा शनिवार साँझ बसेको नेपाली काँग्रेस, मधेशी मोर्चाबीचको छलफलमा एमालेले संसदीय प्रक्रियामा हस्तक्षेप नगरिकन संसदको कार्यव्यवस्था सञ्चालन गर्न दिनुपर्ने निर्णय गरेको छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषाल र काँग्रेस प्रवक्ता चीनकाजी श्रेष्ठले सोमबार बस्ने संसद बैठकमा संशोधन प्रस्ताव टेबुल गर्ने निर्णय भएको जानकारी दिनुभयो । बैठकमा मधेशी मोर्चा लगायतका दलहरुले संशोधन विधेयक अघि बढिसकेकाले यसलाई पछि पार्न नहुने भन्दै अघि बढ्न सरकारलाई आग्रह गरेको थियो ।