१५ चैत्र २०८०, बिहीबार
Follow Us

पत्रकार खड्कालाई पितृशोक

नेपालब्रिटेन डट कम्
१० आश्विन २०७७, शनिबार २०:१९

लन्डन । बीबीसी विश्व सेवाका वातावरण संवाददाता तथा अग्रज पत्रकार नवीन सिंह खड्कालाई पितृशोक परेको छ । पत्रकार खड्काका पिता पुरन सिंह खड्काको ७६ वर्षको उमेरमा बुधबार काठमाडौँमा निधन भएको हो ।
स्वर्गीय खड्काको बिहीबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

उनी लामो समयदेखि छाती र फोक्सोसम्बन्धि रोगबाट पीडित थिए । उनको उपचारका क्रममा काठमाडौँस्थित ओम हस्पिटलमा निधन भएको हो ।

खड्काको निधनप्रति दुःख व्यक्त गर्दै नेपाल पत्रकार महासंघ युके शाखाले श्रद्धान्जलि अर्पण गरेको छ । शाखा अध्यक्ष नरेश खपाङ्गीमगरले शनिबार एक शोक वक्तव्य जारी गर्दै शोकाकूल परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी समवेदना साथै स्वर्गीय खड्काको आत्माको चिरशान्तिको कामना गरेका छन् ।