१२ बैशाख २०८१, बुधबार
Follow Us

बेलायती राजदूत निकोलाले गरिन् व्यवसायीसंग अन्तरक्रिया

नेपालब्रिटेन डट कम्
१२ आश्विन २०७७, सोमबार १८:३०

लण्डन । कोरोना कहरकाबीच नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेकी छन् । र्भचुअल माध्यवाट सोमवार आयोजित सो कार्यक्रममा नेपालस्थित बेलायती व्यवसायी, नेपालका प्रतिष्ठित उद्योगी तथा व्यवसायीहरुको उपस्थित रहेको बताएको छ ।

नेपालमा व्यापार तथा लगानीको प्रबर्धनका निमित्त बेलायती लगानीकर्ताहरुलाई दूतावासले प्रोत्सान गर्न उदेश्यले सो कार्यक्रमको निरन्तरता दिने जनाएको छ ।

कार्यक्रममा ‘कोभिड १९’ ले पारेको प्रभाव, चुनौती तथा अवसर, नेपाल वेलायतबीचको व्यापार सम्वन्ध लगायतका विषयमा छलफल भएको उद्योगपति राजेन्द्र खेतानले जानकारी दिए ।

कार्यक्रममा १ दर्जन भन्दा बढी व्यवसायीको उपस्थिती थियो ।