१५ चैत्र २०८०, बिहीबार
Follow Us

संशोधन प्रस्ताव फिर्ता नलिएसम्म गतिरोध अन्त्य हुँदैन: एमाले

नेपालब्रिटेन डट कम्
३ पुष २०७३, आईतवार ०९:०१

नेकपा(एमाले) का महासचिव ईश्वर पोखरेलले सरकारले असंवैधानिक र जनभावना विपरीत संसद्मा विधान संशोधन प्रस्ताव दर्ता गरेको जनाउँदै त्यो कुनै हालतमा परित नहुने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता पोखरेलले संविधानको धारा २७४ संशोधन गरेर मात्र संविधान संशोधन प्रस्ताव ल्याउन सरकारलाई चुनौती दिनुभयो ।
पहाड र मधेसका बीचमा सामाजिक सद्भाव कायम गर्दै मुलुकलाई एकताबद्ध बनाएर अगाडि बढ्नुपर्ने बताउँदै उहाँले प्रदेश नं ५ का पहाडी जिल्ला चार नं मा गाभ्नुपर्ने माग कसैको पनि नभएको जिकिर गर्नुभयो ।
“सरकारलाई प्रस्ताव फिर्ता लिन अप्ठेरो परे संसद् स्थगन गरेर अगाडि बढ्न सकिन्छ” उहाँले भन्नुभयो,“ मुलुकमा एक वर्षभित्र तीन वटै तहको निर्वाचन गरेर संविधान कार्यान्वयतर्प लाग्नुपर्छ । ”

सो अवसरमा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वाभिमानका लागि पार्टी कहिल्यै पछि नपर्ने बताउँदै एमाले प्रतिपक्षमा रहेर निर्वाचनमा जान तयार रहेको बताउनुभयो ।