१४ बैशाख २०८१, शुक्रबार
Follow Us

‘भर्चुअल विषेश महाधिवेशन’ गर्न एनआरएनएलाई परराष्ट्रमन्त्रालयको अनुमति (पत्र सहित)

नेपालब्रिटेन डट कम्
१५ आश्विन २०७७, बिहीबार १४:१६

लण्डन । नेपाल सरकारले गैर आवासीय नेपाली संघ (एनआरएएन) लाई ‘भर्चुअल विशेष महाअधिवेशन’ गर्ने स्वीकृत दिएको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार संघको प्रस्ताव अनुरुप परराष्ट्रमन्त्रालय विहीवार अनुमति दिएको हो ।

परराष्ट्र मन्त्रालयद्वारा संघलाई पठाएको पत्रमा अन्तर्राष्ट्रिय अधिवेशन अनलाइन भोटिङका आधारमा गर्न सकिने जनाइएको छ ।

संघका अध्यक्ष कुमार पन्तले संघको पदाधिकारी बैठक बसेर छिट्टै विषेश महाधिवेशनको मितितय गरिने बताए । परराष्ट्र मन्त्रालयले भर्चुअल अधिवेशन गरेको सुनिश्चितताका लागि कागजपत्रहरु मन्त्रालयमा पेश गर्न लगायत संशोधित बिधान अनुसार भएको निर्णय प्रकृया पुष्टि हुने प्रमाण मन्त्रालयमा पेश गर्नुपर्ने छ ।

गत वर्ष सम्पन्न संघको महाधिवेशनमा पास हुन नसकेको आर्थिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पेश गर्न संघले विषेश महाधिवेशन बोलाउन लागेको हो ।