६ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए क्षेत्रीय बैठक तयारी पुराः उद्धघाटनसत्रमा करिब ३० जना वक्ता

नेपालब्रिटेन डट कम्
१५ आश्विन २०७७, बिहीबार १७:१३

लण्डन । गैरआवासीय नेपाली सं (एनआरएनए) युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलनको तयारी पुरा भएको छ ।

गैरआवासीय नेपाली संघ युरोप संयोजक नारायण आचार्यले विहीवार नेपाल पत्रकार महासंघ युरोपद्धारा आयोजित भर्चुअल अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै सो बैठकको तयारी अन्तिम चरणमा पुगेको जनाएका हुन् ।

आचार्यले विज्ञ सम्मेलनमा आआफ्नो विज्ञताका आधारमा कार्यपत्र प्रस्तुत गर्ने बताए । विज्ञ सम्मेलनमा ५ वटा सेसनमा कार्यक्रममा हुने आचार्यले जानकारी दिए । कार्यक्रमको उद्धघाटन सत्रमा धेरै वक्ताहरु समेट्न पर्ने वाध्यता आएको वताउँदै आचार्यले कार्यक्रमलाई छोटो र राम्रो बनाउने प्रयास भैरहेको जनाए ।

कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य रामशरण सिमखडाले सम्मेलन सबैको अपनत्व अनभूति हुने गरि तयारी अघि बढेको बताए । सिमखडाले क्षेत्रीय बैठकमा राष्ट्रिय समितिहरुलाई बढी भूमिका दिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघको कोभिड १९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले कार्यक्रममा धेरैलाई समेट्ने नाममा धेरै वक्ताहरु नराख्न सुझाव दिए । शर्माले क्षेत्रीय वैठकको सफलताको संचारकर्मीको पूर्ण सहयोग रहने बताए ।

नेपाल पत्रकार महासंघ युरोपका अध्यक्ष केजिन राईको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा पत्रकारहरु राजकुमार थापा, रबिचन्द्र भट्टराई, द्रोण रिजाल, बाबा राजेश्वरी थापा, शेर बहादुर परियार, महेश कुमार खाती लगायतको सहभागी थिए ।

युरोप क्षेत्रीय सम्मेलनलाई पर्यटन मन्त्री योगेश भट्टराई, कांग्रेस नेताहरु डा. प्रकाशशरण महत, पूर्वमन्त्री गगन थापा, गंगाधर तुलाधार, गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षहरु लगायतले सम्वोधन गर्ने कार्यक्रम तय गरिएको छ ।