१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आर्थिक अनुशासनलाई कडाई गर्ने एनआरएनएको निर्णय

नेपालब्रिटेन डट कम्
१६ आश्विन २०७७, शुक्रबार १३:२८

लण्डन । गैरआवासीय नेपाली संघले आर्थिक अनुशासनलाई कडाईकासाथ पालना गर्न संघका राष्ट्रिय समितिहरुलाई निर्देशन दिएको छ ।
गैरआवासीय नेपाली संघको शुक्रवार बसेको पदाधिकारी बैठकले संघका ८३ देशमा रहेका शाखाहरुको आर्थिक पारदर्शिता र आर्थिक अनुशासन कायम गर्न महत्वपूर्ण निर्णय गरेको संघका कोषाध्यक्ष महेश कुमार श्रेष्ठले जनाए ।
बैठकले राष्ट्रिय समितिहरुमा अनिवार्य रुपमा एक स्वतन्त्र लेखा समिति गर्न निर्देशन दिएको छ ।

बैठकले हरेक राष्ट्रिय समितिले अनिवार्य रुपमा एक आर्थिक प्रशासन निमावली वनाई कडाईका साथ पालन गर्नुपर्ने छ ।

संघले हरेक ४ महिनामा आर्थिक विवरण संघमा पेश गर्न राष्ट्रिय समितिलाई निर्देशन समेत दिएको छ। यस्तै संघले गत महिना गैरआवासीय नेपाली संघ जापानको अधिवेशनमा भएको विवादको बारेमा छानविन गर्न क्षेत्रीय संयोजक रोविन्द्र श्रेष्ठको संयोजकत्वमा एक समिति गठन गरेको छ ।