१५ चैत्र २०८०, बिहीबार
Follow Us

सभामुख घर्तीको आह्वानमा प्रमुख तीन दलको बैठक

नेपालब्रिटेन डट कम्
४ पुष २०७३, सोमबार ०६:५९

काठमाडौं । संसदको गतिरोध हटाउने बिषयमा प्रमुख तीन दलबीच छलफल हुँदैछ । सभामुख ओनसरी घर्तीको आब्हानमा प्रमुख तीन दलका शीर्ष नेता छलफलमा जुट्न लागेका हुन् । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव फिर्ताको माग गर्दै एमालेसहितका विपक्षी दलले संसद अवरुद्ध गरेपछि सभामुख घर्तीले सहमति प्रयासका लागि बैठक छलफलको संयोजन गरेकी हुन् । सिंहदरवारमा हुने छलफलमा कांग्रेस, एमाले र माओबादी केन्द्रका शीर्ष नेतासहित तीनै दलका प्रमुख सचेतक सहभागि हुने छन् । संशोधन प्रस्ताव सदनको कार्यसूचीमा ल्याउने सत्तारूढ दलको अडान र त्यसलाई रोक्ने प्रतिपक्षीको नीतिबीच सभामुखले संयुक्त बैठक बोलाएकी हुन् । यसअघि सहमतिका लागि सभामुखले दिएको पाँच दिनको समय दलहरुले त्यतिकै गुजारेका थिए ।