१६ चैत्र २०८०, शुक्रबार
Follow Us

भिडियो र फोटोमा हेर्नुहोस् बेलायतका लागि नेपाली राजदूत डा. सुवेदीको अभिनय

नेपालब्रिटेन डट कम्
२२ आश्विन २०७७, बिहीबार १९:५०

लन्डन । बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

वरिष्ठ संगीतकार आलोकश्रीको संगीत तथा गायिका अन्जु पन्तको ‘दुख्ने मुटु’ बोलको गीतमा आवाज रहेको सो भिडियोमा नायिका मिरुना मगर र नायक ध्रुव दत्त, उपनियोग प्रमुख शरदराज आरन र तृतीय सचिव तेजेन्द्र रेग्मीका दम्पतिले समेत अभिनय गरेका छन् ।

विहीवार सार्वजनिक भएको सो भिडियोको निर्देशन सम्पादन, छायांकन कुशल श्रेष्ठले गरेका हुन् ।