१५ चैत्र २०८०, बिहीबार
Follow Us

प्रमुख तीन दलको आजको बैठक पनि निष्कर्षविहीन

नेपालब्रिटेन डट कम्
४ पुष २०७३, सोमबार १०:१७

काठमाडौं । संसदको गतिरोध हटाउने बिषयमा प्रमुख तीन दलबीच छलफल निष्कर्षविहीन भएको छ । बैठकमा दलहरुले आ–आप्नो अडान नछाडेपछि सहमति जुट्न नसकेको हो । सत्तारुढ दलले सबै समस्याको समाधान प्याकेजमै खोज्न प्रतिपक्षी दल एमालेलाई आग्रह गरेको थियो । विपक्ष दल एमाले भने संसदमा दर्ता गरिएको संशोधन प्रस्ताव फिता नलिएसम्म सदन अघि बढ्न नदिने अडान राखेपछि बैठक निष्र्कर्षमा पुग्न नसकेको हो ।
सभामुख ओनसरी घर्तीसामू प्रमुख प्रतिपक्षी एमालेसहित नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुले मुलुकलाई निकास दिन सोमबार बैठक बोलाउनु भएको थियो ।
बैठकको सुरुमै प्रधानमन्त्री दाहालले निर्वाचनमा जान पनि संविधान संशोधन प्रस्ताव ल्याउनु परेको भन्दै विपक्ष एमालेलाई सरकारको बाध्यता बुझिदिन आग्रह गरेका थिए । जवाफमा एमाले अध्यक्ष ओलीले राष्ट्रघाती संविधान संशोधन विधयेक फिर्ता नभई अघि बढन नसकिने अडान राखेका थिए ।