१५ चैत्र २०८०, बिहीबार
Follow Us

गायिका अस्मिता अधिकारीको ‘तिम्रो प्यारमा छु’ सार्वजनिक

नेपालब्रिटेन संवाददाता
२७ आश्विन २०७७, मंगलवार ०८:३८

काठमाडौं । गीतकार अनु शाहको शब्द रचना रहेको गीत ‘तिम्रो प्यारमा छु’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा गायक जगदीश समाल र अस्मिता अधिकारीको स्वर रहेको छ। नारायण सुवेदी आभाषले संगीतवद्द गरेको यस गीतलाई उदय राज पौडेलले यस गीतलाई संगीत संयोजन गरेका हुन्।

गोदावरीमा छायाङ्कन गरिएको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल निलम चन्दको प्रेम र रोमान्सलाई सुन्दर तरिकालाई प्रस्तुत गरिएको छ। भिडियोमा बुद्ध थापाको छायाङ्कन , विकाश धमलाको सम्पादन रहेको छ। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । अमेरिकामा रहेर साहित्य र संगीतमा क्रियाशील गीतकार शाहले यस गीतलाई साथ, सपोर्ट र माया गरिदिन सम्पूर्णमा आग्रह गरेकी छिन्।